सेयर

हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद जारी गर्ने

इकागज |
असोज ११, २०७९ मगलवार १०:५० बजे

काठमाडौं- हिमाल दोलखा हाइड्रोपावर कम्पनीले १ बराबर ०.७५ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले उक्त हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई सेयर नियुक्त गरेको छ ।

हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त गर्दै हाइड्रोपावरको तर्फबाट अध्यक्ष रन्जना दाहाल र बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १ करोड २० लाख कित्ता बिक्री गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्ने छ ।



Author

थप समाचार
x