सेयर

सेयर बजार आइतबारदेखि खुल्ने

इकागज |
असोज २१, २०७९ शुक्रवार १९:२९ बजे

फाइल फोटो

काठमाडौंँ-  दसैं लागेसँगै सेयर बजार पनि पूर्ण रुपमा बन्द छ । गत असोज १३ गतेको कारोबारमा १६ अंक बढेर बन्द रहेको बजार अब आइतबारबाट खुल्नेछ। १३ गते बिहीबार अन्तिम कारोबार पश्चात आइतबारदेखि दसैं सुरु भएपछि बजार पूर्ण रूपमा बन्द रहेको थियो।

फूलपातीको दिनदेखि असोज २१ गतेसम्म बिदा सार्वजनिक बिदा रहँदा बजार पूर्ण रुपमा बन्द रह्यो ।  असोज २२ गते शनिबार परेपछि अब बजार २३ गते अर्थात आइतबारदेखि मात्रै सेयर बजार खुल्ने छ । सो दिन भने दशैंको अन्तिम दिन अर्थात कोजाग्रात पूर्णिमा रहेको छ ।



Author

थप समाचार
x