सेयर

पाँच जलविद्युत् कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १०:२५ बजे

काठमाडौं- नेपाल धितोपत्र बोर्डले पाँच जलविद्युत् कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले बिहीबार नै ती कम्पनीहरूलाई सेयर निष्कासन लागि स्वीकृति दिएको हो । 

ती कम्पनीहरूले ३ अर्ब ९८ करोड रुपैयाँ मूल्य बराबरका ३ करोड ९८ लाख कित्ता सेयर निष्कासन गर्न पाउने छन् । बोर्डले एसिएन हाइड्रोपावर लिमिटेडले ३४.७१ प्रतिशत आइपीओ जारीको स्वीकृति पाएको छ । कम्पनीले ३४ करोड बराबरको ३४ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो ।


यस्तै बोर्डबाट सुपरमाई हाइड्रोपावरले ५० करोड बराबरको ५० लाख कित्ता, सुपर मादी हाइड्रोपावरले २ अर्ब १० करोड बराबरको २ करोड १० लाख कित्ता आईपीओ जारी गर्न स्वीकृति पाएका छन् ।

यस्तै माया खोला हाइड्रोपावर कम्पनीले १ अर्ब बराबरको १ करोड कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएका छन् । शुभम पावर लिमिटेडले पनि ४ करोड बराबरको ४ लाख कित्ता आईपीओ जारी गर्न बोर्डले अनुमति दिएको छ । 


Author

थप समाचार
x