सेयर

साताको अन्तिम कारोबारमा ११ अंकले बढ्यो नेप्से

इकागज |
मंसिर १५, २०७९ बिहीबार १५:३५ बजे

फाइल तस्वीर

काठमाडौंँ - साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ । बिहीबार, नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१.०६ अंक विन्दुमा उक्लिएको छ । यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सटीभ इन्डेक्स ०.४८ प्रतिशतले बढेर ३८३.६६ मा उक्लिएको छ।

 साताको अन्तिम कारोबारको दिन नेप्सेमा ३८ लाख ६५ हजारको कित्ता सेयर १ अर्ब ३२ करोड २९ लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, १०७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८४ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ। त्यसैगरि, नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १४ करोड ४५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।


त्यसैगरि, एनसीसी बैंक प्रमोटर सेयरको ८ करोड १३ लाख, हिमाल दोलखा हाइड्रोपावरको ७ करोड ७१ लाख, हिमालयन डेष्टिलरीको ७ करोड २ लाख र नेष्डो समृद्विको ४ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


Author

थप समाचार
x