सेयर

साताको सेयर बजार

नेप्सेमा सुधार, साताभरमा ६ अर्ब ६४ करोडको कारोबार

इकागज |
मंसिर १७, २०७९ शनिबार १३:४० बजे

फाइल तस्वीर

काठमाडौं - यस साता सेयर बजार परिसूचक सुधार देखिएको छ । अघिल्लो साता १९३३.५५ विन्दुमा बन्द भएको बजार यस साता भने १९६१.०६ विन्दुमा पुगेर बन्द भएको छ । साताभरमा सेयरबजार परिसूचक २७.५१ अंकले उकालो लागेको हो ।

यस्तै साताभरमा 'क' वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स ३८३.६६ अंकमा उक्लिएको छ। पछिल्लो समय धितोपत्र बजारमा मर्जर तथा प्राप्ति प्रयोजनका लागि रोकिएका कम्पनीहरूको सेयर कारोबार फुकुवा हुनु, सूचीकृत कम्पनीले लाभांश घोषणाले बजारमा सकारात्मक प्रभाव पर्न थालको छ।


यस सातामा २४१ वटा कम्पनीहरूको एक लाख १० हजार ९५७ पटकको कारोबारमा एक करोड ६७ लाख ९६ हजार ९६९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार यो साता कुल कारोबार रकम ६ अर्ब ६४ करोड २६ लाख ११ हजार ७२ रूपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा बढी हो ।

गत साता भने नेप्सेमा २३२ कम्पनीहरूको ६० हजार ६१४ पटकको कारोबारमा ९१ लाख ७२ हजार चार सय ३८ कित्ता सेयर किनबेच भएको थियो । जसबाट अघिल्लो साता कुल कारोबार रकम तीन अर्ब ३० करोड तीन लाख ५३ हजार ५११ रुपैंयाँ पुगेको थियो। यो साता नेप्से पाँच दिन नै खुल्ला रहेकोमा दोस्रो र चौंथो दिन नेप्से घटेको थियो भने बाँकी दिन बढेको थियो ।

जसमध्ये पहिलो कारोबार दिन आइतबार नेप्से ३२.४३ अंकले बढेर १९६५.९८ अंकमा उक्लिएको थियो । यस्तै अन्तिम कारोबार दिन ११.२२ अंकले बढेर १९६१.६ अंकमा पुगेर साताको बजार बन्द भएको थियो। ।

यसबाहेकका बाँकी दिनहरुमा भने चौंथो दिन नेप्से घटेको थियो भने बाँकी दिनहरुमा नेप्से बढेको थियो । यसैगरी पहिलो दिन ५.३४ अकंले बढेर ३८६ .२६ अंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स अन्तिम दिन पनि १.८२ अंकले बढेर तीन सय ८३.६६ अंकमा पुग्न सफल भएको थियो ।

गत साता सकारात्मक बनेको बजारबाट लघुवित्त समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । समूहगत उपसूचकमा आएको बृद्धिको आधारमा लघुवित्त समूहका लगानीकर्ताहरूले सर्वाधिक कमाएको देखिएको हो । गत साता अघिल्लो साताभन्दा लघुवित्त समूहको उपसूचक सर्वाधिक ३.५७ प्रतिशत बृद्धि भएको छ ।

त्यस्तै व्यापारिकको २.६० प्रतिशत, जीवन बीमाको १.८१ प्रतिशत, बैंकिङ्गको १.५८ प्रतिशत, विकास बैंक र जलविद्युतको समान १ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.८५ प्रतिशत, वित्तको ०.८३ प्रतिशतले बढेको छ ।

त्यसैगरी अन्यको ०.४४ प्रतिशत, निर्जीवन बीमाको ०.३४ प्रतिशत, होटल तथा पर्यटनको ०.३२ प्रतिशत र लगानी समूहको ०.२१ प्रतिशत उपसूचक बढेको छ । गत साता म्युचुअल फण्डको उपसूचक भने ०.८१ प्रतिशत घटेको छ ।

यस साता कारोबार रकम र कित्तासँगै कुल बजार पूँजीकरण समेत बढेको छ । साताको कारोबार पश्चात बजार पूँजीकरण २८ खर्ब २० अर्ब ८७ करोडमा रहेको छ।

 


 

 


Author

थप समाचार
x