सेयर

सेयर बजार २४ अंकले ओरालो, कारोबार रकम १ अर्ब ६७ करोड

इकागज |
मंसिर १९, २०७९ सोमबार १५:३६ बजे

फाइल तस्वीर

काठमाडौंँ - साताको दोस्रो दिन सेयरबजार दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से सूचक आज २४.४६ अंकले घटेर इन्डेक्स १९३८.७६ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


पछिल्ला केही दिनयता सेयरबजारमा कारोबार रकम माथि उक्लिएको छ । सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेसँगै पनि लगानीकर्ताहरुमा उत्साह थपिएको कारोबार रकमले देखाएको छ ।

त्यस्तै, नेप्सेले पनि रोक्का रहेको कम्पनीहरुको सेयर कारोबार धमाधम फुकुवा गर्न थालेसँगै पनि करोडमा सीमित हुने कारोबार अर्बमाथि उक्लिन थालेको हो ।

आज सेयरबजार घटेपनि सयपत्री हाइड्रोपावर, एनआइसी एशिया एशिया सेलेक्ट फण्ड–३०, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१, नारायणी डेपलपमेन्ट बैंक र कुमारी बैंकको ऋणपत्रको सेयरमूल्य तथा इकाईमूल्य बढेको छ ।

त्यस्तै आज सेयर बजार घटेसँग अजोड इन्स्योरेन्सको ७.३७ प्रतिशतले सेयर मूल्य घटेको छ । सिटिजन म्युच्युअल फण्ड, ओरिन्टेल होटल्स, युनाइटेड इन्स्योरेन्स लगायतका कम्पनीको सेयर मूल्य घटेको छ ।

 


Author

थप समाचार
x