सेयर

सेयर बजार ५ अंकले घट्यो, कारोबार रकम ९६ करोड

इकागज |
मंसिर २०, २०७९ मंगलबार १५:१९ बजे

फाइल तस्वीर

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको तेश्रो दिन ५ अंकले घटेको छ। मंगलबार बजार ४.८७ अंकले घटेको हो । साताको पहिलो दिन २ अंकले बढेको बजार दोश्रो कारोबारमा २४ अंकले घटेको थियो । आज बजार परिसूचक ०.२५ प्रतिशतले घटेर १९३३.८८ मा झरेको छ। यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स ०.४१ प्रतिशतले घटेर ३८७.०८ मा झरेको छ ।

उप-समूहतर्फ जीबन बीमा, माइक्रो फाइनान्स तथा अन्य समूह क्रमश: ०.०१, ०.२८ र ०.५७ प्रतिशतले बढ्दा बाँकी १० समूहको सेयर मूल्यमा गिरावट आएको छ।


मंगलबार ७८ कम्पनीको सेयर मूल्य बढ्दा १०९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। यस्तै साताको दुई कारोबारमा १ अर्ब भन्दा माथी उक्लिएको बजारमा आज भने कारोबार रकममा पनि गिरावट आएको छ। आज ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। यस्तै १९ हजार १२१ पटकको कारोबारमा २५ लाख ८१ हजार ४२५ कित्ता सेयर खरिद बिक्री भएको छ।

धौलागिरी लघुवित्त, सिटिजन म्युचअल फण्ड, सपोर्ट माइक्रो फाइनान्स, हिमालयन बैंक, खप्तड लघुवित्त लगायतका कम्पनीको सेयर उच्च कमाइ गर्ने कम्पनीमा परेका छन् ।


Author

थप समाचार
x