सेयर

सेयर बजारमा सामान्य करेक्सन, कारोबार ४ अर्ब ९२ करोड

इकागज |
माघ ४, २०७९ बुधबार १५:२० बजे

काठमाडौँ- बुधबार सेयरबजार ९ अंकले घटेको छ । आज बजार ९.०१ अंकले घटेको हो । बजार घटेसँगै परिसूचक २१७३.१० अंकमा झरेको छ। बजारसँगै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स ०.४६ अंक घटेर ४१३.९० अंकमा झरेको छ।

बजार घटेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढोत्तरी भएको छ। आज २४८ कम्पनीको ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँ बराबरको एक करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर ६९ हजार ६३७ पटकमा खरिद बिक्री भएको छ। मंगलबार नेप्सेमा ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो।


यस्तै सामान्य अंकले बजार घट्दा ८० कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको सेयर मूल्य घटेको छ ।

उप-सूचकतर्फ बैंकिङ ०.७२, फाइनान्स ०.८७, होटेल्स एण्ड टुरिजम ०.८०, इन्भेष्टमेन्ट ०.८९,लाइफ इन्स्योरेन्स १.०६, म्यानिफ्यक्चरिङ एण्ड प्रोडक्सन ०.७९ प्रतिशत, माइक्रो फाइनान्स ०.०२, नीर्जीवन बीमा समूह १.०५, अन्य ०.२० र व्यापार सूमह ७.०९ प्रतिशतले घट्दा म्युचुअल फण्ड ०.२१, हाइड्रो ०.८४ प्रतिशत तथा विकास बैंक समूह ०.४६ प्रतिशतले बढेको छ ।

पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रोपावर कम्पनी, हिमालयन  ऊर्जा विकास कम्पनी, ग्रीन भेन्चर लिमिटेड, नेशनल हाइड्रो लगायतको सेयर उच्च कमाउनेमा परेका छन् ।


Author

थप समाचार
x