सेयर

सेयर बजार ७६.६४ अंकले बढ्याे

इकागज |
माघ २४, २०७९ मंगलबार १५:५९ बजे

काठमाडौं- मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ । यस दिन नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ । नेप्से परिसूचक बढेसंगै कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।

सोमबार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजारको सेयर कारोबार भएको थियो । मंगलबार २६० वटा कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोडभन्दा बढी रुपैयाँको करोबार भएको छ ।


मंगलबार, बरुन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् र आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । 

यसैगरी एनआईसी एसिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकले १२ करोड ९२ लाख भन्दा बढी रुपैयाँ कमाएको छ । 

त्यस्तै, कारोबारमा आएका १३ वटा उपसुचकहरूमा उकालो लागेर हरियाली छाएको छ । 


Author

थप समाचार
x