सेयर

पहिलो कारोबारमै घट्यो कालिन्चोक दर्शनको मूल्य

इकागज |
चैत ९, २०७९ बिहीबार १७:८ बजे

फाइल तस्बिर

काठमाडौं-  आज नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४१ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ ।

कालिन्चोक दर्शन लिमिटेडको सेयर कारोबार बिहीबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ । ‘केडीएल’ संकेतमा सेयर कारोबार सुरु भएको हो । कारोबारको आधारमा पहिलो दिनमै कालिन्चोकको मूल्य घटेको छ । उक्त कम्पनीको छैटाैँ स्थानमा आएको र जम्मा ३.९४ प्रतिशतले यसको मूल्य घटेको हो ।


कालिन्चोक दर्शनको पहिलो कारोबार प्रतिकित्ता १३४.४० रुपैयाँमा नेप्सेले तोकेको हो । सेयर बजार बन्द भए लगत्तै ५.३० अंकले बढेर १३९.७० बिन्दुमा अडिएको छ ।

नेप्सेले कालिन्चोकको पहिलो कारोबारका लागि प्रतिकित्ता ७८.१५ रुपैयाँदेखि २३४.४५ रुपैयाँसम्म रेन्ज तोकेको थियो । नेप्सेमा यस कम्पनीको सेयर बुधबार सूचीकृत भएको थियो ।


Author

थप समाचार
x