सेयर

पुँजीबजारमा चाप परेकाले तत्कालका लागि लगानीकर्ताहरुले संयमता अपनाउनु पर्छः अध्यक्ष हमाल

इकागज |
चैत १५, २०७९ बुधबार २०:० बजे

फाइल फोटो

काठमाडौँ - नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सबै तिरबाट पुँजीबजारमा चाप परेकाले तत्कालका लागि सम्यमता अपनाउन लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । बुधबार काठमाडौंमा पुँजीबजार लगानीकर्ता संघहरुले आयोजना गरेको ‘समृद्ध नेपालको आधारः पुँजीबजार सुधार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले सरकारले पुँजीबजारको दिगो विकास र विस्तारको लागि धेरै काम भइरहेको भन्दै पुँजीबजारमा सुनौलो दिन आउने बताए । 

उनले पुँजीबजार विभिन्न कारणले चापमा रहेको भन्दै यस्तो अवस्थामा लगानीकर्ताहरु निराशा नभएर सम्यमता अपनाउन आग्रह गरे । उनले पुँजीबजार अहिले लगानीकर्ता निराश हुने गरी घट्ने अनुमान नगरिएको बताए । उनले विश्व अर्थतन्त्रमा देखिएको संकटका कारण बजारमा बैंकिङ तरलता अभाव लगायतको कारण पुँजीबजारमा पनि प्रभाव परेको बताए । 


उनले अर्थतन्त्रमा चाप रहेको भन्दै पूँजी बजारमा पनि चाप रहेको दाबी गरे । उनले सरकारको पूँजीगत खर्च वृद्धि गर्न नसक्दा बजारमा तरलता अभाव भएको भन्दै पुँजीबजार समेत असर गरेको उल्लेख गरे । 

उनले भने, ‘ अब पुँजी बजारका लागि सुनौलो दिन आउँछ । सरकारले बजार सुधारका थुप्रै काम भइरहेको छ । लगानीकर्ताले अहिले सम्यमता अपनाउनु पर्छ । बजार यसरी घट्छ भन्ने लागेकै थिएन, बिश्वको प्रभाव आयो । अब बजारको सुनौलो दिन आउँदैछ, अहिले सम्यमता अपनाउनु होला । अहिले आत्तिनु भएन, राम्रो दिन आउँदैछ । बजारमा पुरै चाप छ, पुँजी बजारमा पनि चाप छ । तरलताको चापले बजारमा पनि चाप पारेको हो । सरकारको पुँजीगत खर्च वृद्धि नहुँदा तरलता अभाव भयो र पुँजी बजार पनि प्रभावित बन्यो । बजारको स्थायित्व र विकासका लागि हामी पूरै ध्यान दिएका छौँ । कर कम गराउने प्रयासमा जारी छ, यसपालि कर कम गराउँछौँ । त्यसले बजारको विकास र राजश्व पनि वृद्धि हुन्छ ।’

अध्यक्ष हमालले अब पुँजीबजारमा कसैले पनि इन्साइडर ट्रेडिङ गर्न नसक्ने बताए । उनले बोर्डले इन्साइडर ट्रेडिङ गर्नेलाई धमाधम कारवाही गर्न थालिएको बताए । उनले एउटा बजारमा इन्साइडर ट्रेडिङ गर्नेलाई सरकारी वकिलको कार्यलयमा मुद्दा दर्ता भएको बताए । 

उनले शेयर बजारको सुधार र स्थायित्व ल्याउनको लागि आफू लगानीकर्ताको पक्षमा रहेको बताए । 


Author

थप समाचार
x