सेयर बजार ३.०४ अंकले बढ्यो
काठमाडौं - सेयर बजार ३.०४ अंकले बढेको छ ।
चालू साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा बजार बन्द भएको हो ।
सोमबार २८ लाख २४ हजार ७ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँमा कारोबार भएको छ ।
सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ ।
कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको रू तीन करोड ६० लाख ७४ हजार सात सय ४० बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सिद्धार्थ बैंक लिमिटेड प्रमोटर शेयर दुई लाख कित्ता किनबेच भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया