सेयर

असार १ देखि घटेको बजारमा सुधार, घटेको बजारको लाभ उठाउँदै सेयर किन्ने बढे

इकागज |
असार ८, २०७८ मगलवार १२:५० बजे

काठमाडौँ : यस साता आइतबार र सोमबार लगातार घटेको सेयर बजारमा आज सुधारको संकेत देखिएको छ । घटेको बजारको लाभ उठाउँदै सेयर किन्न लगानीकर्ता झुम्मिएपछि कारोबार शुरु भएको डेढ घण्टामा सेयर बजारमा म्युचुअल फण्डबाहेक सबै परिसूचक हरियाली देखिएको छ । आज जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । राधी विद्युत् कम्पनी र एचआइडीसीएलको सेयर मूल्य क्रमशः ९.९९ र ८.२९ प्रतिशतले बढेको छ । सोमबार सूचीकृत भएको प्रभु सेलेक्ट फण्डमा पनि लगानीकर्ताको आकर्षण देखिएको छ । 

मंगलबार कारोबार सुरु भएको डेढ घण्टामा ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सूचक, सेन्सेटीभ इण्डेक्स १.२४ प्रतिशतले बढेको छ भने नेप्से परिसूचक १.०९ प्रतिशतले बढेको छ । 


असार १ मा धितोपत्र बोर्डले ५१ ओटा कम्पनीको सेयरमा लगानी गर्न जोखिम हुने भन्दै नाम सार्वजनिक गरेपछि सूची सार्वजनिक गरेपछि बजारमा सेयर बिक्री गर्नेको चाप बढेको थियो । त्यसको असर बजारमा अत्तालिएर बेच्ने (प्यानिक सेल) को दबाब देखा परेको थियो । यो साता दुई दिनमा मात्रै सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक १३४ अंकले घटेको थियो । जेठ ३१ मा सेयर बजार अहिलेसम्मकै उच्च  ३०२५.८३ बिन्दुमा पुगेको थियो । उक्त दिन कारोबार रकमले पनि कीर्तिमानी कायम गर्दै पनि १८ अर्ब ८८ करोड रुपैयाँ पुगेको थियो । 


Author

थप समाचार
x