सेयर

शेयर ब्रोकर नं १०० को कारोबार सुरु

इकागज |
साउन ३०, २०८१ बुधबार १७:२८ बजे

काठमाडौँ- सनराइज सेक्युरिटिज लिमिटेडले व्यवसायीक कारोबार सुरु गरेको सुरुवात गरेको छ ।  लक्ष्मी सनराइज बैंक लिमिटेडको शतप्रतिशत स्वामित्व रहेको बुधबार एक समारोहका बीच लक्ष्मी सन्राइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा उनले कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गरे । उनले व्यवसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रुपमा सन्राइज सेक्युरिटिज लिमिटेडले सफलता पाउन सकोस भनी कामना गरे ।


कार्यक्रममा बिशेष अतिथि लक्ष्मी सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले लक्ष्मी सनराइज बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गरे ।

त्यसैगरी, सनराइज सेक्युरिटिज लिमिटेडका प्रबन्ध सञ्चालक कमल गौतमले कारोबार शुभारम्भ कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू गुणस्तरिय रुपमा एकै ठाँउबाट सरल र सहज रुपमा प्रदान गर्न सकिने जानकारी दिए ।

काठमाण्डौँको गैह्रीधारा केन्द्रीय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पूँजी  बीस करोड रुपैयाँ रहेको छ । स्टक ब्रोकर नम्बर १०० रहेको छ ।


Author

थप समाचार
x