सेयर

सेयर बजारमा फर्कियो हरियाली

७२.२८ अंकले बढ्‍दा २००४ पुग्यो नेप्से

इकागज |
मंसिर २२, २०७७ सोमवार १५:११ बजे

काठमाडौं : सोमबारको कारोबारमा नेप्से परिसूचक ७२.२८ अंकले बढेको छ । कारोबार ३.७४  प्रतिशतले बढेर २ हजार ४ दशमलव ३९ विन्दुमा पुगेको छ । राष्ट्र बैंकले त्रैमासिक मौद्रिक नीति समीक्षा गर्दै सेयर धितो कर्जामा पुनरवलोकन गर्ने भनेपछि आइतबार सेयर बजार १ सय २३ अंकले झरेको थियो । 

लगानीकर्ताहरू आइतबार राष्ट्र बैंकलाई एउटै नीतिलाई तीन महिनासम्म स्थायित्व नदिएको भन्दै असहमती जनाउँदै पत्र समेत लेखेका थिए । आइतबार राष्ट्र बैंकका डेपूटी गभर्नर चिन्तामणी शिवाकोटीलाई भेट्न पुगेका लगानीकर्ताले सकारात्मक आश्‍वासन पाएका थिए । शिवाकोटीले 'तत्काल सेयर धितोसम्बन्धी व्यवस्थालाई नचलाउने' आश्वासन पाएपछि लगानीकर्तामा उत्साह बढेको देखिन्छ । 


लगातार उकालो लागिरहेको सेयर बजारमा सामान्य करेक्सन आउनु विज्ञहरुले स्वाभाविक मानेछन् ।
-  राष्ट्र बैंकको आश्वासन पाएपछि लगानीकर्तामा उत्साह
- उकालो लागिरहेको बजारमा सामान्य करेक्सन आउनु स्वाभाविक

यस अवधिमा २०६ वटा कम्पनीको ६० हजार ५५ पटकको कारोबारमा १ करोड १९ लाख २० हजार ८१९ कित्ता शेयरको ६ अर्ब ६६ करोड ७९ लाख बराबरको खरीदबिक्री भएको छ । पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढेको हो । सबैभन्दा बढी ट्रेडिङ र जीवन बिमा परिसूचक बढेको छ । ट्रेडिङमा ६.५७ प्रतिशतले बढेको छ । 


Author

थप समाचार
x