सेयर

लिखु हाइड्रोले २० प्रतिशत सेयर निष्काशन गर्ने

इकागज |
पुस १, २०७७ बुधबार १३:४२ बजे

काठमाडौं : लिखु खोला हाइड्रोपावर कम्पनीले २० प्रतिशत सर्वसाधारण, आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीका लागि सेयर निष्कासन गर्ने भएको छ । जारी पूँजी तीन अर्ब १२ करोड ५० लाख रुपैयाँ मध्ये २० प्रतिशतले हुन आउने सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीका लागि छुट्याएको हो ।

जम्मा ६२ लाख ५० हजार कित्ता सेयर प्रति कित्ता एक सय रुपैयाँ अंकित दरले सेयरको मूल्य ६२ करोड ५० लाख रुपैयाँ छ । सेयर प्रत्याभुति ब्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको छ । सेयर प्रत्याभुती कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्र्चको तर्फबाट अनिल अग्रवालले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।


रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानाको रुपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट बिद्युत उत्पादन गर्ने आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भैसकेको कम्पनीले जानकारी गराएको छ । 


Author

थप समाचार
x