सेयर

दसैं बिदापछि खुलेको सेयर बजारमा हरियाली, साढे एक अर्बको कारोबार

इकागज |
असोज ३१, २०७८ आइतबार १५:४१ बजे

काठमाडौँ– बडादसैं पर्व बिदाको पाँच दिनपछि आइतबार खुलेको सेयर बजारमा आइतबार हरियाली छाएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ०.६७ प्रतिशत अर्थात् १७.५९ अंकले बढेर २,६५६.९६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ३.१७ अंकले बढेर ४९७.३९ अंकमा पुगेको छ ।

आइतबार नेप्सेमा म्युचुअल फण्डबाहेक सबै समूहगत परिसूचक उकालो लागेका छन् । होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा बढी ३.५१ प्रतिशत र नेपाल टेलिकम, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लगायतको सेयर सूचीकृत २.०६ प्रतिशतले बढेको छ । तर म्युचुअल फण्ड समूहको परिसूचक ०.७५ प्रतिशतले ओरालो लागेको छ । 


चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ६.९७ प्रतिशत अर्थात् ८८ रुपैयाँले बढेर प्रतिसेयर मूल्य १,३५० रुपैयाँ पुगेको छ । त्यस्तै, हिमालय उर्जा विकास कम्पनी र घलेम्दी हाइड्रोको सेयर मूल्य क्रमशः ५.०६ र ४.८६ प्रतिशतले बढेको छ । त्यस्तै, कामना सेवा विकास बैंक र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य क्रमशः ४.२६ र ३.७५ प्रतिशतले बढेको छ । 

आज नेप्सेमा कारोबार रकमको आधारमा नबिल बैंकको सबैभन्दा ठूलो ८३ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सेयर संख्याको आधारमा ग्लोबल आइएमई समुन्नत स्कीम–१ को १५ लाख ४१ हजार ६ सय ९८ कित्ता सेयर कारोबार भयो भने कारोबार संख्याको हिसाबले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ८७४ ओटा कारोबार भयो । 

आइतबार नेप्सेमा कारोबार भएकामध्ये ११३ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने ६१ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

आइतबार नेप्सेमा २१८ कम्पनीको १ अर्ब ४९ करोड ७३ लाख रुपैयाँ मूल्य बराबरका ४७ लख ६० हजार दुई सय ९५ कित्ता सेयर २१ हजार तीन सय २८ ओटा कारोबारमार्फत् खरिद–बिक्री भएको छ । 
 


Author

थप समाचार
x