सेयर

मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर घोषणा

इकागज |
कात्तिक १६, २०७८ मगलवार ११:१४ बजे

काठमाडौँ- मनकामना स्मार्ट लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । लघुवित्तको मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र मनकामनाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् ।


साविकको मनकामना लघुवित्त र स्मार्ट लघुवित्त मर्ज भएर ११ साउन २०७७ देखि एकीकृत कारोबार भएकाले घोषित बोनस सेयरमा कर नलाग्ने कम्पनीले जनाएको छ । 


Author

थप समाचार
x