सेयर

नेप्से २३.७६ अंकले बढ्यो, २८४३.६२ बिन्दूमा

महालक्ष्मी विकास बैंकको सबैभन्दा ठूलो कारोबार

इकागज |
कात्तिक १६, २०७८ मंगलबार १६:८ बजे

काठमाडौँ–  लगातार एक साता बढेरपछि सोमबार सामान्य करेक्सन भएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक मंगलबार पुनः २३.७६ अंकले बढेर २८४३.६२ बिन्दूमा पुगेको छ । 

गत साताभर पाँचै कारोबार दिनमा बढेको नेप्से आइतबार पनि उकालो लागेको थियो । तर सोमबार १७.७५ अंकले सामान्य करेक्सन भएर २८१९.८६ बिन्दूमा आएको थियो । मंगलबार नेप्से परिसूचक पुन: उकालाे लागेकाे छ । कारोबार रकममा पनि अघिल्लो सातादेखि नै नियमितता देखिएको छ । नेप्सेमा मंगलबार ६ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको छ । 


बैंकिङ्ग, व्यापार र इन्भेष्टमेन्ट समूहबाहेकका सबै परिसूचक मंगलबार उकालो लागेका छन् । मंगलबार नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र नेपाल टेलिकम समेतको सेयर सचीकृत अन्य समूह ३.७७ प्रतिशत र विकास बैंक समूहको परिसूचक ३.५ प्रतिशतले बढेको छ । 

हालै सूचीकृत साहस उर्जा लिमिटेडको सेयर आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५३९.३० रुपैयाँमा कारोबार भएको छ । साहसका अतिरिक्त गुडविल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, कालिका पावर कम्पनी, रिडी हाइड्रोपावर कम्पनी लगायतका सेयरमा लगानीकर्ताले कमाएका छन् । 

आज नेप्सेमा महालक्ष्मी विकास बैंकको सबैभन्दा ठूलो कारोबार भएको छ । महालक्ष्मी बैंकको ४६ करोड ९७ लाख २३ हजार चार सय १५ रुपैयाँ मूल्यका ६ लाख ५१ हजार नौ सय ७६ कित्ता सेयर दुई हजार पाँच सय ९ पटकको कारोबारबाट किनबेच भएको छ । महालक्ष्मीको सेयर मूल्य प्रतिकित्ता सात सय ३० रुपैयाँमा कारोबार भएको छ । 

मंगलबार नेप्सेमा २३० कम्पनीका ६ अर्ब ७ करोड ३७ लाख १६ हजार आठ सय ८८ रुपैयाँ मूल्यका ९९ लाख ७७ हजार चार सय ८३ कित्ता सेयर ५९ हजार आठ सय ८१ पटकको कारोबारबाट खरिद–बिक्री भएका छन् । 

मंगलबार कुल बजार पुँजीकरण ३९ खर्ब ९८ अर्ब ७२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । 

 मिति

 नेप्से परिसूचक

 कारोबार रकम

 कात्तिक ७, आइतबार

 २,५८४.५२

 २ अर्ब ७७ करोड रुपैयाँ

 कात्तिक ८, सोमबार

 २,६७२.२५

 ४ अर्ब ३० करोड रुपैयाँ

 कात्तिक ९, मंगलबार

 २७५१.०२

 ६ अर्ब ३१ करोड रुपैयाँ

 कात्तिक १०, बुधबार

 २७६९.१३ 

 ६ अर्ब ६१ करोड रुपैयाँ

 कात्तिक ११, बिहीबार

 २७८२.१६

 ५ अर्ब ३९ करोड रुपैयाँ

 कात्तिक १४, आइतबार

 २८३७.६१

 ७ अर्ब ८२ करोड रुपैयाँ

 कात्तिक १५, सोमबार

 २८१९.८६ 

 ७ अर्ब ७७ करोड रुपैयाँ

 कात्तिक १६, मंगलबार

 २८४३.६२

 ६ अर्ब ७ करोड रुपैयाँ

 


Author

थप समाचार
x