सेयर

मौद्रिक नीतिकाे असर सेयर बजारमा पहिरो

इकागज |
मंसिर १२, २०७८ आइतवार १२:४० बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिकाे असर सेयर बजारमा देखिएको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर बजारमा लागेको कर्जा क्यापमा कुनै सुनुवाइ नगरेपछि सेयर बजार झन् ओरालो लागेको हो ।

बजार खुलेको केही समयमा नै गिरावट सुरू भएको सेयर बजारमा यो समाचार तयार पर्दासम्म  परिसूचक ५८ अंकले घटेको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले सेयर धितो कर्जा सम्बन्धमा पुरानै नीतिलाई निरन्तरता दिएका कारण पनि सेयर बजारमा भारी गिरावट आएको हो । बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षापछि पनि लगानीकर्ताहरू सन्तुष्ट हुन सकेका छैनन् । 


गत सातादेखि ओरालो लाग्न सुरु गरेको सेयर बजारका लगानीकर्ताहरू मौद्रिक नीतिले सम्बोधन गर्ने आशामा थिए ।

 


Author

थप समाचार
x