सेयर

नेप्से ६ प्रतिशतले बढेपछि सेयर कारोबार बन्द

इकागज |
मंसिर २८, २०७८ मंगलबार १४:१ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ प्रतिशतले वृद्धि भएपछि मंगलबारका लागि सेयर कारोबार बन्द भएको छ । मंगलबार कारोबार सुरू भएको साढे २ घण्टामै सकारात्मक सर्किट लागेर बजार बन्द भएको हो । 

यसअघि १२ : ३८ बजेसम्ममा नेप्से सूचक ५ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । 


त्यसपछि खुलेको बजार पुनः लगातार बढेर ६ प्रतिशतले वृद्धि भएपछि मंगलबारको लागि कारोबार बन्द भएको छ । 

मंगलबार नेप्से १३७ अंकले बढेर २४१८.८४ अंकमा पुगेको छ । यसदिन २२० कम्पनीका ४० लाख ८५ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८४ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 


Author

थप समाचार
x