सेयर

६० अंकले बढ्यो नेप्से, २१ कम्पनीको सेयर मूल्य ५% भन्दा धेरैले बढ्यो

इकागज |
पुस १८, २०७८ आइतबार १५:१९ बजे

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) आइतबार ६०.४१ अंक अर्थात् २.३९ प्रतिशतले बढेर २,५८४.९१ बिन्दूमा पुगेको छ । नेप्सेमा ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स २.२९ प्रतिशतले बढेको छ भने कारोबार रकम पनि चार अर्ब रुपैयाँ नाघेको छ । 

नेप्सेमा आज उत्पादनमूलक उद्योग समूहको परिसूचक ५ प्रतिशतले बढ्यो भने निर्जीवन बीमा समूह र विकास बैंक समूहको परिसूचक पनि क्रमशः ३.५४ प्रतिशत र ३.४२ प्रतिशतले बढेको छ । 


नेप्सेमा आज कारोबार भएका २१ कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दला धेरैले बढेको छ । हिमालयन डिस्टीलरी तथा मध्य भोटेकोसी जलविद्युत् कम्पनीको सेयर मूल्य क्रमशः ९.९९ र ९.९७ प्रतिशतले र सूर्या लाइफ इन्स्यारेन्सको सेयर मूल्य ९.२९ प्रतिशतले बढ्यो ।

नेप्सेमा कारोबार भएका मध्ये १६८ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १८ ओटा कम्पनीको मूल्य घटेको छ । बढेको बजारमा पनि गुमाउने कम्पनीहरूमा बरुण हाइड्रो, विशालबजार, बेस्ट फाइनान्स लगायत छन् । यद्यपि कारोबार रकम भने न्यून मात्र घटेको छ । 

हिमालयन डिस्टीलरीको एक लाख पाँच हजार एक सय ९३ कित्ता सेयर ४४ करोड ९४ लाख रुपैयाँम खरिद–बिक्री भएको छ । त्यस्तै नबिल बैंकको २९ करोड ७० लाख रुपैयाँको २ लाख ६३ हजार आठ सय ४५ कित्ता सेयर किनबेच भएको छ । नबिल बैंकको ४ हजार सात सय ६२ र हिमालयन डिस्टीलरीको तीन हजार तीन सय ८५ पटकको कारोबार भएको थियो । 

आइतबार नेप्सेमा २४० कम्पनीको ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६८ रुपैयाँ मूल्यका ७ लाख १६ हजार नौ सय ८३ कित्ता सेयर ५३ हजार एक सय २२ पटकको कारोबारबाट खरिद–बिक्री भएको छ ।
 


Author

थप समाचार
x