सेयर

साताको सेयर बजार

यस्तो रह्यो सेयर बजारको यो साता

१६८ अंकले बजार बढ्यो

इकागज |
पुस २४, २०७८ शनिबार १५:२८ बजे

काठमाडौँ - यस साता सेयर बजारमा ५ दिनको कारोबारमा ४ दिन बजार उकालो लाग्यो भने १ दिन बजार ओरालो लागेको थियो । कारोबारको पहिलो दिन आइतबार बजार ६० अंकले बढेर सकारात्मक सुरुवात गरेको थियो । त्यस्तै अन्तिम कारोबारको दिन बिहिबार परिसूचक ४३ अंकले बढेर बजार बन्द भएको थियो । २५२४ बाट सुरु भएको बजार २६९२ बन्द भएको थियो । अर्थात साताभर १६८ अंकले बजार उकालो लागेको थियो ।

यसरी ५ दिन भएको कारोबारमा नेप्से परिसूचक १६७.९७ अंकले वृद्धि भएर २६९२.४७ बिन्दूमा पुगेर रोकिएको छ । गत साता ४.२८ अंकले बढेको नेप्से परिसूचक यो साता १६७.९७ अंक माथि पुगेको हो। पछिल्लो चार महिना देखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक यो साता भने उच्च रुपमा वृद्धि हुँदा लगानीकर्तामा आशा पलाएको छ ।


आइतबार

साताको पहिलो सेयर कारोबारको दिन आइतबार नेप्से ६०.४१ अंकले वृद्धि भएर २५८५.९१ बिन्दूमा पुगेको थियो । आइतबार नेप्से परिसूचकसँगै ठूला कम्पनीको सेयर मापक गर्ने सेन्सेटिभ इण्डेक्स समेत २.२९ प्रतिशत, फ्लोट इण्डेक्स २.३९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४६ प्रतिशत बढेका थिए । आइतबार ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सोमबार

त्यस्तै, सोमबार पनि नेप्से परिसूचक उकालो लागेको थियो। जुन दिन ३२.०३ अंक बढेर २६१६.९४ बिन्दूमा पुगेको थियो । सोमबार कारोबारमा आएका २३० कम्पनीको ८२ लाख ५ हजार कित्ता सेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार कारोबार रकममा पनि सुधार भएको थियो ।

मंगलबार

साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ बिन्दूमा पुगेको थियो । त्यस्तै उक्त दिन पनि ठूला कम्पनीको सेयर मूल्य मापक गर्ने सेन्सेटिभ इण्डेक्स समेत ३.२५ अंक, फ्लोट इण्डेक्स २.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९६ अंक बढेको थियो ।

मंगलबार कारोबारमा आएका २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता सेयर ४ अर्ब ३२ करोड २६ लाख ९ हजार ८२७ रुपैयाँको सेयर कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबारको कारोबार रकम भने घटेको थियो ।

बुधबार

सातको चौथो दिन भने तीन दिन लगातार रुपमा उच्च अंक बढेको सेयर बजार मापक नेप्से परिसूचक बे्रक लागेको थियो । तीन दिनमा १५५ अंकले बढेर २ हजार ६ सय बिन्दू माथि पुगेको नेप्से परिसूचक उक्र दिन ३०.७५ अंकले गिरावट आएर २६४९.२० बिन्दूमा झरेको थियो ।

बुधबार कारोबारमा आएका २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको सेयर कारोबार भएको थियो । कारोबार रकममा भने मंगलबारको तुलनामा बुधबार बढेको थियो ।

बिहीबार

साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ४० अंक भन्दा बढीले वृद्धि भएको छ । बिहिबार नेप्से ४३.२९ अंकले बढेर २६९२.४७ बिन्दूमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ९.१६ अंक, फ्लोट इण्डेक्स ३.०४ अंक र सेन्सेटिभ इण्डेक्स ३.३१ अंक बढेको छ ।

बिहिबार कारोबारमा आएका २३८ कम्पनीको ७३ लाख ३६ हजार कित्ता सेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से बढेपनि बुधबारको तुलनामा कारोबार रकम भने घटेको थियो ।

२१ अर्बको कारोबार

यसरी १६८ अंकले सेयर बजार परिसूचक उकालो लाग्दा २१ अर्ब भन्दा बढीको कारोबार भएको छ। गतसाता साढे १८ अर्ब कारोबार भएको बजारमा यस साता रकम केहि बढेको हो । आइतबारदेखि बुधबारसम्म कारोबार रकम ४ अर्बमाथि थियो भने बिहीबार बजारमा रकम केहि कम देखिएको थियो । 

यस्तो छ साताभरको सेयर बजारको अवस्था

 मिति

 नेप्से परिसूचक

 अंक फरक + वा - मा

 कारोबार रकम

पुष १८ आइतबार

२५८४.९१

+६०.४१

४ अर्ब १२ करोड रुपैयाँ

पुष १९ सोमबार

२६१६.९४

+३२.०३

४ अर्ब ५३ करोड रुपैयाँ

पुष २० मंगलबार

२६७९.९५

+६३.०१

४ अर्ब ३२ करोड रुपैयाँ

पुष २१ बुधबार

२६४९.२०

-३०.७५

४ अर्ब ६२ करोड रुपैयाँ

पुष २२ बिहीबार

२६९२.४७

+४३.२९

३ अर्ब ६७ करोड रुपैयाँ

 


Author

थप समाचार
x