सेयर

६३.३८ अंकले बढ्यो नेप्से, लाभांश घोषणाले लघुवित्तको सेयरमा आकर्षण

इकागज |
चैत ८, २०७७ आइतबार १५:३६ बजे

काठमाडौँः यो साताको पहिलो दिन सेयर बजारमा उछाल देखिएको छ । नेपाल स्टक एक्स्चेन्ज परिसूचक (नेप्से) परिसूचक आइतबार २.५६ प्रतिशत अर्थात् ६३.३८ अंकले बढेर २,५३८.४६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने परिसूचक ‘सेन्सेटीभ इण्डेक्स’ २.१३ प्रतिशत अर्थात् ९.४४ अंकले बढेर ४३५.५९ अंकमा पुगेको छ । 

आइतबार नेप्सेमा सबै समूहका परिसूचक उकालो लागेका छन् । लघुवित्त कम्पनीहरूको लाभांश घोषणाले त्यसतर्फ लगानीकर्ताको आकर्षण बढेको छ । लघुवित्त कम्पनीहरूको सेयर मूल्यमा आज सर्किट ब्रेकर लागेको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशत बढेको छ । 


सामुदायिक लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा धेरै बढेको छ । लघुवित्त समूहको समग्र परिसूचक ५.७ प्रतिशतले बढेको छ । 

त्यस्तै होटल र टुरिजम क्षेत्रको परिसूचक पनि ५.३६ प्रतिशतले बढेको छ । चन्द्रागिरी हिल्सको सेयर मूल्य आज पनि ९.९८ प्रतिशतले बढेर १,४२१ रुपैयाँमा आज अन्तिम कारोबार भएको छ । 

निर्जीवन बीमा र जीवन बीमा दुवै समूहको परिसूचक क्रमशः ४.५९ प्रतिशत र ४.४४ प्रतिशतले बढेको छ । 

आज नेप्सेमा सबैभन्दा बढी नेपाल बंगलादेश (एनबी) बैंकको ११ लाख ५२ हजार तीन सय ७२ कित्ता सेयर ३९ करोड ९० लाख रुपैयाँमा किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ३१ करोड २० लाख र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २१ करोड १८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । 

आइतबार नेप्सेमा २०६ कम्पनीको ५ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ मूल्यका एक करोड २४ लाख २० हजार दुई कित्ता सेयर ८० हजार नौ सय ८६ वटा कारोबारमार्फत् खरिद–बिक्री भएको छ । 
 

पछिल्लो दुई सातामा सेयर बजारको प्रवृत्ति 

 मिति

 नेप्से इण्डेक्स

 कारोबार रकम

फागुन २३ , आइतबार 

 २४८५.०९

 ५ अर्ब रुपैयाँ

फागुन २५, मंगलबार

 २४६१.८८

  ४ अर्ब ७५ करोड रुपैयाँ

फागुन २६, बुधबार

 २,४५८.४८

 ४ अर्ब १० करोड रुपैयाँ

चैत १, आइतबार

 २४०७.२५

 ४ अर्ब ९५ करोड रुपैयाँ

चैत २, सोमबार

 २३८९.१९

 ४ अर्ब २४ करोड रुपैयाँ

चैत ३, मंगलबार

 २३९१.७४

 ३ अर्ब ३७ करोड रुपैयाँ

 चैत ४, बुधबार

 २४३२.१४

 ३ अर्ब ३७ करोड रुपैयाँ

 चैत ५, बिहीबार

 २४७५.०९ 

 ४ अर्ब ६६ करोड रुपैयाँ 

 चैत ८, आइतबार

 २,५३८.४६

 ५ अर्ब ९२ करोड रुपैयाँ

 

 


Author

थप समाचार
x