समाज

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातकाे भाडा बढ्याे (सूचीसहित)

इकागज |
जेठ ३, २०७९ मंगलबार १८:२३ बजे

फाइल तस्बिर

काठमाडौँ – सरकारले सार्वजनिक यातायात सवारीसाधनको भाडा बढाएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा वृद्धि भएको हो ।

वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ । 


अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीमा यात्रुबाहक तर्फ ३.५ प्रतिशत भाडा बढाएको छ। पहाडी बाटोमा गुड्ने मालबाहकमा ४.६ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशत भाडा बढाएको हो। 

इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढेमा स्वचालित रुपमा भाडा समायोजन हुने व्यवस्था छ। नेपाल आयत निगमले गत शनिबार इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाएसँगै भाडा समायोजन भएको हो। 

समायोजन भएको भाडा भोलिदेखि लागू हुने विभागले बताएको छ। 


Author

थप समाचार
x