समाज

एमाले सांसद बानियाँका छोरा पेस्तोलसहित पक्राउ

इकागज |
जेठ ३, २०७९ २२:६ बजे

मुगु - नेकपा एमालेका प्रतिनिधि सभा सदस्य सांसद मोहन बानियाँका कान्छा छोरा पक्राउ परेका छन् । जिल्लाको खत्याड गाउपालिका वडा नं ७ माझचौरमा सांसद बानियाका कान्छा छोरा अर्पण बानिया ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन । 

मंगलवार दिउँसो ३ बजे तिर शंकास्पद अवस्थामा प्रहरीले चेक जाँच गर्दा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायव निरीक्षक जुन बहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अर्पणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 


कार्यालयका अनुसार पक्राउ परेका बानियाँलाई हाल प्रहरी चौकी माझ चौरमा राखिएको छ भने भोलि नै जिल्ला प्रहरी कार्यालम ल्याई अनुसन्धान गरी हातहतियार कसुर सम्बन्धी कानुन बमोजिमको मुद्दा अगाडि बढाइने बताइएको छ । 
 



Author

थप समाचार
ad
x