समाज

एआइजीमा पदोन्नति भएका लामालाई दर्ज्यानी चिह्न प्रदान

इकागज |
जेठ ६, २०७९ शुक्रबार २०:२० बजे

काठमाडौँ - नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (आइजी) पदमा पदोन्नति भएका वसन्तकुमार लामालाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । 

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले यहाँ आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक लामालाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् । 


समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका एआइजी लामालाई बधाई दिँदै आगामी दिनमा उनको व्यावसायिक जीवनको सफलताको शुभकामना व्यक्त गरे । 

प्रहरी महानिरीक्षक सिंहले हालै सम्पन्न स्थानीय तह निर्वाचनको समयमा नेपाल प्रहरीका कर्मचारीहरूले देखाएको व्यावसायिकताप्रति खुसी व्यक्त गर्दै यस कार्यको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको जानकारी दिए । 

प्रहरी अतिरिक्त महानिरीक्षक लामाले आफू सेवाको उत्तरार्द्धमा भए पनि प्रहरी नेतृत्वलाई सफलीभूत एवम् सङ्गठनको गरिमालाई उच्च बनाउनका लागि सदैव क्रियाशील रहने विचार व्यक्त गरे । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बढुवा गरेको हो ।


Author

थप समाचार
x