समाज

फोटो फिचर

माइतीघर मण्डलबाट युवाहरूको हुङ्कार– हद म्याद होइन, हदै भयो म्याद !

अनुज बज्राचार्य |
जेठ ७, २०७९ शनिबार १३:१५ बजे

काठमाडौँ– काठमाडौँ माइतीघर मण्डलमा युवाहरूले बलात्कारविरूद्ध प्रदर्शन गरेका छन् । आठ वर्षअघि सुन्दरी प्रतियोगितामा भाग लिँदा आयोजकबाटै आफूमाथि बलात्कार भएको बुधबार एक युवतीले समाजिक संजालबाट खुलाएकी थिइन् । उक्त घटना सार्वजनिक भएसँगै पीडितलाई न्याय अपराधिलाई कारबाहीको माग गर्दै युवाहरू प्रदर्शनमा उत्रिएका छन् । 


सुन्दरी प्रतियोगिता खारेज गर्नुपर्ने र यौनजन्य हिंसासम्बन्धी कानुनको हदम्याद हटाउनुपर्ने उनीहरूको माग छ । शुक्रबार पनि युवाहरूले बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गरेका थिए ।

उक्त घटनाबारे अनुशन्धान गर्न शुक्रबार नै प्रहरीले छानबिन समितिसमेत गठन गरिसकेको छ ।

 

 

 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x