समाज

ब्युटी पेजेन्टको नाममा बलात्कार गरेकाे आराेपमा पाण्डे पक्राउ

इकागज |
जेठ ७, २०७९ शनिबार १८:१९ बजे

काठमाडाैँ – ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरीले मनोज पाण्डेलाई पक्राउ गरेकाे छ । अपराध महाशाखाद्वारा खटिएकाे प्रहरी टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएपछि पाण्डे पक्राउ गरेका हुन् ।


अहिले उक्त ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि भएकाे बलात्कार घटना सामाजिक सञ्जाल हुँदै राष्ट्रिय चासोकाे मुद्दा बनेकाे छ ।

भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै अनुसन्धान गर्ने प्रहरीलाई निर्देशन दिएकाे छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले उक्त घटनाकाे जाँच गर्न पाँच सदस्यीय समितिसमेत बनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् ।  


Author

थप समाचार
x