समाज

काठमाडौंमा बालेनले अग्रता बढाउँदै

इकागज |
जेठ ८, २०७९ आइतबार ५:२५ बजे

काठमाडाैँ – काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता बनाएका छन्।

 सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार एक लाखभन्दा धेरै मत गनिसक्दा शाहले ३७ हजार ६१ मत पाएका छन्।


यस्तै सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो स्थानमा उक्लिएकी छन्। आइतबार बिहानसम्मको मतगणना अनुसार सिर्जनाले २० हजार ५२० मत पाएकी छन्। त्यस्तै तेस्रो स्थानमा रहेका स्थापितको मत २० हजार ३१६ छ।

यसअघि एमाले उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा थिए।   


Author

थप समाचार
x