समाज

श्रीमतीको हत्या गरेर फरार श्रीमान पक्राउ

इकागज |
जेठ ११, २०७९ बुधबार २१:३० बजे

मोरङ – मोरङको जहदा गाउँपालिका-२ स्थित बडकी बैरियामा श्रीमतीको हत्या गरेर फरार रहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ ६ मा ३५ वर्षीया गीता देवी राजभरको हत्या भएको थियो ।


हत्या आरोपमा उनका श्रीमान् ४३ वर्षीय दिनेश कुमार राजभरलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । घरायसी विवादमा दिनेशले फलामको रडले टाउको र कम्मरमा हिर्काएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

आरोपीलाई  जेठ १० मा पक्राउ गरेर अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।


Author

थप समाचार
x