समाज

बालेनसहितका स्वतन्त्रहरूकाे जितकाे खुसियालीमा अर्घाखाँचीमा दीप प्रज्वलन

इकागज |
जेठ १३, २०७९ शुक्रबार २१:२९ बजे

अर्घाखाँची – स्थानीय तह निर्वाचनमा देशका विभिन्न पालिका तथा वडाहरुमा स्वतन्त्र उम्मेदवारहरूले जितेकाे खुसीयालीमा अर्घाखाँचीमा दीप प्रज्वलन गरिएकाे छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन शाहलाई निर्वाचन आयाेगले विजेता घाेषणा गरेकै दिन अर्घाखाँचीकाे बल्काेटमा पनि दिपावली गरिएकाे हाे। 


`हामीले खुसीयालीमा दिपावलीमात्र हाेइन सफल कार्यकालकाे कामनाकाे लागि प्रार्थना गरेका छाै ।` स्थानीय युवा पशुपति पाण्डेले भने, `उहाँहरुप्रति युवाहरुकाे आशा र भविश्य जाेडिएकाे छ । उहाँहरुकाे कर्ममा हाम्राे भविश्य जाेडिएकाेले सफल कार्यकालकाे कामनाका लागि प्रार्थना गरेका हाैँ ।`


Author

थप समाचार
x