समाज

पीडाको कुनै हदम्याद हुँदैन (फोटोफिचर)

अनुज बज्राचार्य |
जेठ २१, २०७९ शनिवार १४:३१ बजे

काठमाडौं– महिला तथा बालिकामाथि हुने यौनजन्य अपराधको घटनामा उजुरीका लागि हद म्याद राख्ने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

पीडाको कुनै हदम्याद हुँदैन भन्ने मूल नारासहित सो प्रदर्शन गरिएको हो । सडकमा पलेंटी कसेर बसेका प्रदर्शनकारीहरूले पीडकलाई कडा कारवाही र पीडितलाई उचित क्षतिपूर्तिसहितको व्यवस्था सरकारले नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन ।


त्यस अवसरमा उनीहरुले ‘दया होईन, न्याय दे’, ‘हामी चुप लागेर बस्दैनौं’, ‘पीडाको कुनै हदम्याद हुँदैन’ भन्ने लेखिएको प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।  


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x