समाज

नदीजन्य पदार्थ उत्खनन् संकलनमा रोक

इकागज |
जेठ ३१, २०७९ मंगलबार १४:७ बजे

फाइल फोटो

झापा - मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् संकलन गर्ने कार्यमा रोक लगाएको छ । पालिकाले आज सूचना नै जारी गरेर तीन महिनाका लागि सो कार्य बन्द गरेको जनाएको छ । 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालद्वारा जारी सूचनामा यही असार १ गतेदेखि विसं २०७९ भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन, संकलन बन्द गरिएको उल्लेख छ । 


नगरले सो बारे नगरको राजस्व शाखा, सबै वडा कार्यालय, इलाका प्रहरी कार्यालय धुलाबारी, काँकडभिट्टा, प्रहरी चौकी बाहुनडाँगी, सशस्त्र प्रहरीको विओपीहरुलाईसमेत ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री बन्द गरिएको जानकारी गराएको छ । 


Author

थप समाचार
x