समाज

मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन

इकागज |
जेठ ३१, २०७९ मगलवार १४:४६ बजे

काठमाडौँ - विभिन्न वस्तुमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल कम्युनिष्ट पार्टी(बहुमत)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थ लगायत उपभोग्य वस्तुमा भएको चर्को मूल्यवृद्धिको विरुद्धमा नेकपा बहुमतले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । 


प्रदर्शनमा सहभागीहरुले बढ्दो महङ्गी नियन्त्रण गर, पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धि फिर्ता गर, एमसीसी मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

उनीहरुले जनतालाई समस्या पर्ने गरि मूल्यवृद्धि गर्दा पनि राज्यमा बस्नेहरु मौन रहेको आरोप लगाएका थिए । 


Author

थप समाचार
x