समाज

शान्ति समाजद्वारा पाँच जिल्लामा रक्तदान कार्यक्रम

इकागज |
जेठ ३१, २०७९ मंगलबार १५:३ बजे

काठमाडौँ - विश्व रक्तदाता दिवस १४ जुन (३१ जेठ) का अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा ५  जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

२०७९ जेठ ३१ गते शान्ति समाज चितवन शाखाद्वारा भरतपुरमा आयोजित रक्तदान कार्यक्रममा चितवन शाखा सभापति शम्भु राउत सहित ३३ जनाले र शान्ति समाज काठमाडौँ शाखाले बौद्धमा  आयोजना गरेको रक्तदान कार्यक्रममा समाजका महासचिव रामकृष्ण बरालसहित २९ जनाले रक्तदान गरेका थिए । 


यसैगरी सुर्खेत शाखाद्वारा वीरेन्द्रनगरमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति प्रकाश शाही ,सचिव दिपक गौतम सहित २१  जनाले  रक्तदान गरेका थिए । 

जेठ ३१ गते नै शान्ति समाज रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा केन्द्रीय सचिव मीना ढकाल, शाखा उपसभापति कृष्ण भट्टराई सहित २० जनाले रक्तदान गरेका छन् । 

यसैगरी शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित कार्यक्रममा १२ जनाले रक्तदान गरेका थिए । त्यसक्रममा शान्ति समाजका आजीवन सदस्य हेमेन्द्र खड्काले २० औ पटक रक्तदान गरेका छन् । 


Author

थप समाचार
x