समाज

मौसम : घाम लाग्यो, तुवाँलो हट्यो

इकागज |
चैत २०, २०७७ शुक्रबार ७:३० बजे

काठमाडौँ : शुक्रबार काठमाडौँ उपत्यकाको मौसम सफा देखिएको छ । बिहानै घाम लागेको छ भने तुँवालो पनि हटेको देखिन्छ । वायु प्रदूषणका कारण लागेको बाक्लो तुँवालो शुक्रबार खासै नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद विभूति पोखरेलका अनुसार बुधबार पानी परेसँगै काठमाडौँ उपत्यकामा लागेको बाक्लो तुवाँलो केही हट्नुका साथै वायु प्रदूषण पनि घटेको छ । यद्यपी तराई तथा पहाडी जिल्लामा लागेको डढेलो नियन्त्रणमा नआएसम्म वायु प्रदूषण पूर्ण रुपमा हट्ने छैन ।


शुक्रबार मौसम बदली भएपनि पानी पर्ने सम्भावना निकै कम छ । एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना बाहेक देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


Author

थप समाचार
x