समाज

७ दिनभित्र हाजिर हुन एपीएफ अस्पतालका प्रहरी निरीक्षक डा. साहलाई गृहको सूचना

इकागज |
असार २, २०७९ बिहीबार ८:४० बजे

फाइल तस्बिर

काठमाडौँ- एपीएफ बलम्बु अस्पताल​का सशस्त्र प्रहरी निरीक्षक डा.सुजित कुमार साहलाई ७ दिन भित्रमा हाजिर गृह मन्त्रालयले अनुरोध गरेको छ । सर्लाही हरिपुर्वा ९ का दरबन्दी आईडी नम्बर १५७५ भएका साह गत वैशाख १३ गतेदेखि विदा स्वीकृत नगराई सम्पर्कविहिन भएको मन्त्रालयले जनाएको छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११३ को उपनियम १ को खण्ड (ज) 'बिदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा' अनुसारको कसुरमा ऐ नियमावलीको ११० को खण्ड (ख) १ बमोजिम 'भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने ।'



Author

थप समाचार
x