समाज

नरभक्षी बाघ नियन्त्रणमा

इकागज |
असार २, २०७९ बिहिवार २१:२७ बजे

चितवन -  पश्चिम चितवनमा हिंस्रक बन्दै आएको बाघलाई चितवन राष्ट्रिय निकुञ्‍जले नियन्त्रणमा लिएको छ । चितवन राष्ट्रिय निकुञ्‍जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघलाई आज साँझ ६ बजे भरतपुर महानगरपालिका-२७ स्थित राधाकृष्ण सामुदायिक वनबाट नियन्त्रणमा लिइएको हो ।

बाघको आक्रमणबाट स्थानीय २३ वर्षीया रेखा बस्‍नेतको मृत्यु भएको थियो । सो बाघले आज बिहान निगुरो टिप्‍न गएकी बस्‍नेतलाई आक्रमण गरेको थियो । बाघलाई चितवन राष्ट्रिय निकुञ्‍जको सौराहामा रहेको खोरमा राखिने छ । बाघ नियन्त्रणमा लिनका लागि आज दिउँसोदेखि प्रयास थालिएकोमा साँझ ६ बजे डार्ट गरिएको उनले जानकारी दिए । यस आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्‍जले तीन वटा नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ ।


बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्‍जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी एवं हात्ती प्रयोग गरिएको थियो ।


Author

थप समाचार
x