समाज

साझा यातायातमा जागिर खुल्‍यो

इकागज |
असार ३, २०७९ शुक्रबार ८:५० बजे

फाइल तस्बिर

काठमाडौँ- साझा यातायातले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लोक सेवा आयोगबाट जेठ ३० गतेको स्वीकृति पत्र अनुसार स्थायी कर्मचारीको माग गरेको हो ।

साझा यातायातले सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन पेश गर्न र दोब्बर दस्तुर तिरेर म्याद सकिएको ७ दिनभित्र दरखास्त पेश गर्न बताएको छ ।


चार महिलासहित विभिन्न पदमा खुला १७ कर्मचारी माग गरेको हो । प्रत्येक पदमा एक-एक जना कर्मचारीसहित अटोमोबाइल इन्जिनियर, प्रशासकीय अधिकृत, लेखा अधिकृत, यातायात व्यवस्थापन अधिकृत, प्रशासन सहायक, लेखा सहायक, यातायात व्यवस्थापन सहायकसहित अन्य पदमा कर्मचारी माग गरेको हो ।


Author

थप समाचार
x