विजयकुमारले आत्मसम्मान नभएको भनेपछि अर्थसचिव मरासिनीको प्रतिवाद
काठमाडौँ - आगामी आर्थिक वर्ष २०७९-८० को बजेट बनाउँदा अर्थमन्त्रीले आफ्नोतर्फबाट भन्सारका पूर्व नासुलाई करका दर हेरफेर गर्ने अधिकार दिएपछि उनको आग्रह मानेको भनेर पत्रकार विजयकुमारले अर्थ मन्त्रालयका सचिवलाई कटाक्ष गरेका छन् ।
उनले पूर्व अर्थसचिवद्वय देवेन्द्रराज पाण्डे र रामेश्वर खनालको उदाहरण दिँदै वर्तमान अर्थसचिवमा आत्मसम्मान नभएकाले पूर्वनासुको आदेश मानेर सोही अनुसार बजेट बनाएको भन्दै ट्वीटमा लेखेका छन् ।
उनको ट्वीटलाई कोट गर्दै अर्थसचिव मधुकुमार मरासिनीले समाचारका आधारमा आफूलाई आरोपित गरिएको भन्दै खिन्नता प्रकट गरेका छन् । उनले विजयकुमारसँग कुनै दिन भेटिएको खण्डमा यसबारे कुरा गर्ने उल्लेख गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया