समाज

चार किलोमा पुन: पहिरो खस्दा तीन मोटरसाइकलमा क्षति, तीन जना घाइते

इकागज |
असार ४, २०७९ शनिबार १८:४२ बजे

फाइल तस्बिर

काठमाडौँ - नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा पहिरो खस्दा तीन जना घाइते भएका छन् ।

शनिबार बेलुकी ५:४० मा पहिरो पन्छाएर बाटो खुलाइएकोमा पुन: पहिरो खसेर तीन मोटरसाइकलमा क्षति पुग्‍नुका साथै तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।


घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । नारायणगढ मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा बिहान साढे ११ बजे खसेको पहिरो बेलुकी ५:४० बजे पन्छाएर बाटो खुलाइएको थियो । पहिरो खसेसँगै पुन: सडक अवरुद्ध बनेको छ ।


Author

थप समाचार
x