समाज

इनार सफा गर्ने क्रममा अक्सिजन नपुग्दा दुई मजदुरको मृत्यु

इकागज |
असार ४, २०७९ शनिबार २१:३ बजे

फाइल तस्बिर

काठमाडौँ - चितवनको माडीमा घरभित्रको इनार सफा गर्ने क्रममा अक्सिजन नपुग्दा दुई युवकको मृत्यु भएको छ । माडी नगरपालिका-७ देवेन्द्रपुरमा रिता रेग्मीको घरको भित्र प्यासेजमा रहेको इनार सफा गर्ने क्रममा अक्सिजन नपुगेर माडी ८ बस्ने ३० वर्षका शिव राई र २५ वर्षका सूर्य गुरुङको मृत्यु भएको हो । 

माडी-८ का  गुरुङ इनार सफा गर्न इनारभित्र पसेकोमा केही समयपछि बोल्न नसकी हातले इशारा गरेपछि सँगै काम गर्न गएका राई कम्मरमा डोरी बाँधेर उद्धार गर्न इनारभित्र पसेका थिए । राई डोरी चुँडिएर खसेका थिए । अक्सिजन अभावका कारण दुवैको इनारभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


घटनाको विषयमा प्रहरी चौकी कल्याणपुरमा जानकारी आउनासाथ इलाका प्रहरी कार्यालय माडी र प्रहरी चौकी कल्याणपुरबाट खटिएको प्रहरी टोलीलाई समेत अक्सिजनको कमीले उद्धारमा असहज भएको थियो । मृतकको शव पोस्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ ।


Author

थप समाचार
x