समाज

एसपीपी खारेजीको माग गर्दै विरोध प्रदर्शन

इकागज |
असार ४, २०७९ शनिबार २१:२२ बजे

काठमाडौँ  - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विरोधमा आज यहाँ प्रदर्शन गरेको छ । 

माइतीघर मण्डलामा युवा संघका अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको विरोध प्रर्दशनमा सहभागी युवाले एसपीपीका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने माग गरेका हुन् । सहभागीहरूले ‘एसपीपी अस्वीकार गर’, ‘आन्तरिक मामिलामा हस्तक्षेप नगर’, ‘एसपीपी चाहिँदैन देश बेच्‍न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 


विरोध प्रदर्शन पश्‍चात आयोजित कोणसभालाई सम्बोधन गर्दै एकीकृत समाजवादीकी पोलिटब्यूरो सदस्य एवं युवा संघका इन्चार्ज दिलु पन्तले एसपीपीका विषयमा विभिन्‍न व्यक्ति तथा संस्था जोडिएको र थप अन्योल सिर्जना गरेकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । उनले एसपीपी राष्ट्रको हितविपरित रहेको भन्दै यसलाई खारेज गर्नुपर्ने माग गरे । 

पार्टीका केन्द्रीय सदस्य एवं युवा संघका अध्यक्ष नरेश शाहीले एसपीपी सम्झौता प्रक्रिया अगाडि बढाउनेलाई देश निकाला गर्नुपर्ने बताए । उनले एसपीपीमार्फत राष्ट्रलाई कमजोर पार्ने देशद्रोहीलाई कारबाही गर्नुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x