समाज

डुम्रे-बेँसीशहर खण्ड १२ घण्टापछि सञ्‍चालनमा

इकागज |
असार ५, २०७९ आइतबार २०:३० बजे

फाइल तस्बिर

तनहुँ - भानु नगरपालिका-८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि अवरुद्ध बनेको डुम्रे-बेँशीसहर सडक खण्ड झण्डै १२ घण्टापछि सञ्‍चालनमा आएको छ । 

अविरल वर्षापछि खहरे खोलामा आएको बाढीले तीन ह्युमपाइप बगाएपछि आज बिहानदेखि अवरुद्ध भएको उक्त सडक खण्ड केहीबेर अघिदेखि सञ्‍चालनमा आएको हो । खोलामा दुई ह्युमपाइप राखेपछि सडक पुनः खुलेको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।


अवरुद्ध पृथ्वीराज मार्ग खुल्यो
पृथ्वीराज मार्ग सडक खण्ड अन्तर्गत तनहुँको बन्दिपुर-५ याम्पामा पहिरो खस्दा सडक अवरुद्ध भएको राजमार्ग पुनःसञ्‍चालनमा आएको छ । पहिरो खस्दा करिब दुई घण्टा उक्त सडक अवरुद्ध भएको थियो ।  

पहिरा पन्छाएर सवारीसाधान आवतजावतको व्यवस्था मिलाइए पनि बेलाबेलामा पहिरो खस्‍ने क्रम जारी रहेको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक विष्टले जानकारी दिए । उक्त सडक खण्डमा समय समयमा पहिरो खसिरहेको छ । रासस


Author

थप समाचार
x