समाज

पेट्रोल-डिजलको मूल्यवृद्धिविरुद्ध सार्वजनिक यातायातले गरे चक्काजाम

इकागज |
असार ६, २०७९ सोमबार ८:२४ बजे

विराटनगर - नेपाल आयल निगमले पेट्रोल, डिजललगायत इन्धनमा गरेको चर्को मूल्यवृद्धिविरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायातले नै चक्काजाम गरेका गरेका छन् । कोशी राजमार्गअन्तर्गत विराटनगरको राजवशी चोकमा सडकमा सवारी साधन तेस्र्‍याएर यातायात अवरुद्ध पारेका छन् ।


सवारी चालकहरुले बढेको मूल्य फिर्ता हुनुपर्ने माग राखेका छन् । सर्वसाधारणलाई बढेको मूल्यमा यात्रा गराउन नसक्ने उनीहरूले बताएका छन् । चक्काजामका कारण सडकमा एम्बुलेन्स समेत रोकिएका छन् ।

तस्बिर : बाबुराम भण्डारी/इकागज


Author

थप समाचार
x