समाज

काठमाडौंमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

इकागज |
असार ६, २०७९ सोमबार १०:३० बजे

काठमाडौं - काठमाण्डौ महानगरपालिका–३ चप्पल कारखाना नजिकै गएराति ट्रिपरको ठक्करबाट अन्दाजी ३० बर्षीय पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने व्यक्तिको सनाखत हुन बाँकी रहेको छ । 

महाराजगन्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराती पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगंज स्थित त्रि.वि शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो ।


टिपरसहित चालकलाई प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ ।


Author

थप समाचार
x