समाज

बेँसीसहर–चामे सडक वैकल्पिक माध्यमबाट सञ्चालन

इकागज |
असार ६, २०७९ सोमबार १६:५४ बजे

लमजुङ- शनिबार रातिदेखिकाे अविरल वर्षाका कारण आएको पहिराेले अवरुद्ध बेँसीसहर चामे सडक सञ्चालनमा आएको छ । 

अवरुद्ध भएकाे बेँसीसहर नगरपालिका-६ खरखरेबाट वैकल्पिक सडक बनाइ बेँसीसहर-बाझाखेत खुदी सडकको प्रयोग गरी सोमबार  बिहान ११ बजेदेखि सवारी आवतजावत भएकाे डुम्रे-बेँसीशहर चामे सडकका प्रमुख इञ्जिनीयर अच्युत विलास पन्तले बताए  । 


वैकल्पिक सडकको अप्ठ्यारो भएको ठाउँमा कार्यालयको इस्काभेटरले माटो सम्माएर मिलाउँदै सवारी सञ्चालन गरिएको छ । मनाङ जाने एक मात्र बेँसीसहर-चामे सडक अवरुद्ध हुँदा मनाङ र मर्स्याङ्दी गाउँपालिकाका स्थानीयले सास्ती खेप्नुपरेको छ। प्रत्येक वर्ष खरखरेको पहिरोले सडक अवरुद्ध गर्दा आवतजावतमा समस्या हुने गरेको मर्स्याङ्दीका जीवन भण्डारी बताउँछन् ।


Author

थप समाचार
x