समाज

हेटौंडा-सिस्‍नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध

इकागज |
असार ६, २०७९ सोमबार २१:१० बजे

मकवानपुर- गएराति वर्षासँगै आएको पहिरोले हेटौंडा हुँदै काठमाडौँ जाने छोटो मार्ग अवरुद्ध भएको छ । 

मकवानपुरको हेटौंडा सिस्नेरी हुँदै काठमाडौँ जाने छोटो मार्गमा पहिरो आएपछि बाटो बन्द भएको हो । आज दिनभरको प्रयासपछि पनि अवरुद्ध सिस्नेरी सडकखण्डमा अझै यातायात संचालन हुन सकेको छैन । जिल्लाको इन्द्र सरोबर गाउँपालिका वडा नम्वर ३ रामचन्द्र भञ्ज्याङमा आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको हो । 


यता मकवानपुरको भैंसे-भीमफेदी सडकखण्डमा यातायात संचालनमा आएको छ । सोमबार दिउँसोको वर्षाका कारण आएको पहिरोले अवरुद्ध उक्त सडकखण्ड संचालनमा आएको हो । 

भीमफेदी गाउँपालिका वडा नम्वर ४ स्थित पान्द्राङमा वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध यातायात संचालनमा आएको ईलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त स्थानमा आएको पहिरो हटाइ साँझ ५ बजेदेखि यातायात संचालनमा ल्याइएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । 

गत मंगलबार आएको वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएको उक्त सडकखण्डमा आइतबार मात्रै यातायात संचालनमा आएको थियो । यो बाटो हुँदै तराईका जिल्लाहरू बारा, पर्सा र मकवानपुरबाट सुमो मार्फत दैनिक हजारौं यात्रुहरू संघीय राजधानी काठमाडौँ आवतजावत गर्छन् ।


Author

थप समाचार
x