समाज

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध अनेरास्ववियुको प्रदर्शन

इकागज |
असार ६, २०७९ सोमबार २१:१५ बजे

मकवानपुर- हेटौंडा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मातहतका कमिटी अनेरास्ववियु हेटौडा नगर कमिटीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध प्रदर्शन गरेका छन् । 

हेटौडाको मुख्य बजार खण्ड बुद्ध चोकमा अनेरास्ववियुका नेता/कार्यकर्ता तथा विद्यार्थीहरूको उपस्थितिमा कमिटीले उक्त प्रदर्शन गरेका थिए ।


प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरिएको थियो ।

प्रदर्शनमा अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले हप्तैपिच्छे सरकारले आम जनताको ढाड सेक्ने गरी गरेको मूल्यवृद्धिमा आमजनता मौन बस्‍न नसक्ने बताए । 

प्रदर्शनमा अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल, सचिवालय सदस्य किसन घिसिङ, अनेरास्ववियु मकवानपुर अध्यक्ष विशाल पौडेल, उपाध्यक्ष भुवन मैनाली, अमृत बर्तौला, सचिव पुस्कर तिमल्सिना, सह-सचिव प्रमोद फुयाल, अखिल फोर्स तथा स्वयम् सेवक विभाग प्रमुख मनिष मान श्रेष्ठ, हेटौडा नगर कमिटी संयोजक नवराज शर्मा पौडेल, हेटौडा क्याम्पस संयोजक अभी मैनालीसहित विद्यार्थी नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x